शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्‍यक : सशस्त्र प्रहरी महानिरीक्षक खनाल

840
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हामी सवैको सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताउनु भएको छ । संयुक्त राष्ट्र संघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालय (Ministry Of Public Security)को आयोजनामा यही सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अनलाईन कार्यशालालाई ‘सेफ्टी एण्ड सेक्युरिटी अफ युएन पिसकिपर्स’ विषयमा प्रमुख वक्ता (Keynote Speaker) को रुपमा सम्बोधन गर्नु हुदै उहाँले सो कुरा बताउनु भएको हो।

चारीको सुरक्षाको लागि एम्बुस तथा माइनहरुबाट सुरक्षित रहन पर्याप्‍त मात्रामा सचेतना र क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनु हुँदैं शान्ति स्थापनार्थ परिचालन पूर्वको तालिममा यस सम्बन्धी क्षति न्यूनीकरण गर्ने उपाय बारे समेत प्रशिक्षण प्रदान गर्नुपर्ने बताउनु भयो ।

शान्ति मिसनको कार्यादेशलाई प्रभावकारी ढंगले पूरा गर्नको लागि फर्म्ड पुलिस युनिट र इन्डीभिजुअल पुलिस अफिसरको रुपमा खटिने सुरक्षाकर्मीको लागि खटिनु पूर्व मिसन लक्षित तालिम संचालन गर्नुपर्नेमा समेत उहाँले जोड दिनु भयो । यसरी तालिम प्राप्‍त र क्षमता भएका कर्मचारीहरु श्रोत साधन सम्पन्‍न भई परिचालित हुँदा आफू सुरक्षित रही प्राप्‍त जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्न सकिने बताउनु हुँदै महानिरीक्षक खनालले बदलिँदो सुरक्षा परिस्थिति र चुनौतीलाई मध्यनजर गर्दै मिसन लक्षित पूर्वतयारीले यसमा खटिने कर्मचारीको सुरक्षामा सहयोग पुग्ने बताउनु भयो ।

कुशल नेतृत्व¸ सामूहिक भावना र सहकार्य¸ अनुशासन¸ इमानदारी¸ सही योजना¸ समन्वय तथा कमाण्डरको क्षमता नै शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि महत्वपूर्ण हुने कुरामा जोड दिनुहुँदै उहाँले संयुक्त राष्‍ट्रसंघ र यसका सदस्य राष्‍ट्रहरुको तर्फबाट गरिएका कार्यलाई सार्थक बनाउनको बलागि यस प्रकारका सम्मेलन महत्वपूर्ण हुने समेत बताउनु भयो ।

महानिरीक्षक खनालले आफ्नो सम्बोधनको क्रममा आफू शान्ति स्थापनार्थ विश्‍वका विभिन्‍न मुलुकमा विभिन्न जिम्मेवारीमा रही खटिएको अनुभव स्मरण गर्नुहुँदै मिसन इलाकामा प्रभावकारी इन्टेलिजेन्सको परिचालनले सम्भावित चुनौती र हुन सक्ने घटनालाई न्यूनीकरण गर्न सकिने भएकोले इन्टेलिजेन्स नेटवर्कलाई प्रभावकारी बनाउनु पर्नेमा समेत जोड दिनु भयो ।

उक्त कार्यशालामा आयोजक राष्ट्र चीनका एक्जक्युटिभ भाइस मिनिस्टर वाङ झियाओहोङ, संयुक्त राष्ट्रसंघका उप महासचिव जं पियर लाक्वा, युएन पुलिस एडभाइजर लुइस कारिल्हो लगायत अन्य उच्च अधिकारीका साथै फ्रान्स¸ जर्मनी¸ अर्जेन्टिना¸ बंगलादेश¸ पाकिस्तान सहित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सहभागी भएर योगदान पुर्याउने विभिन्न देशका उच्च अधिकारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा महानिरीक्षक खनाल सहित जम्मा ६ जना उद्‍घाटन सत्रको प्रमुख वक्ता (Keynote Speaker) को रुपमा रहनु भएको थियो ।