राष्ट्रिय सुरक्षा परिषदको बैठक बालुवाटारमा


न्युज अफ नेपाल, काठमाडौ ।

मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक शुरु भएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी छन् । बैठकमा मुलुकको सुरक्षा अवस्था र अव अप्नाउनु पर्ने रणनीतिको बारेमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दियो ।