प्रचण्ड र सुमारबीच भेटवार्ता


न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच आज भेटवार्ता भएको छ ।

उनीहरुबीच खुमलटारमा करिब एक घण्टा कुराकानी भएको छ । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । सुमारसँगको भेटमा प्रचण्डले एमसिसी राष्ट्रिय बहसको विषय बनिसेकेकाले राष्ट्रिय सहमतिपछि मात्रै पारित गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको थियोे ।​

बिहीबार नेपाल आएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग भेटघाट गरिसकेकी छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।