सरोज र रजनीको रोमान्स

1.79k
Shares

गायक डेभिड शंकरद्वारा गाइएको एक प्रेमिल गीत सार्वजनिक गरिएको छ।

गीतकार ज्ञानेश्वर तिवारीकोे शब्दमा नयाँ गीत मन पराए तिमीलाई सार्वजनिक गरिएको हो। गीतमा दीपक शर्माको संगीत रहेको छ। गीतमाथि रोमान्टिक म्युजिक भिडियो पनि बनाइएको छ। सार्वजनिक म्युजिक भिडियोमा रजनी केसी र सरोज दाहालले अनस्क्रिन रोमान्स गरेका छन्। अभिनेता सरोज खनालले पनि यसमा अभिनय गरेका छन्। राजु अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा जयराम थापाको छायांकन र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ।