एमको गीतमा बेनिशाको अवतार


लोकप्रिय गायक एम बराल नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आएका छन्।

गायक बरालले गायिका प्रविशा अधिकारीसँग युगलरूपमा गाएको अझ वर वर आउ बोलको रोमान्टिक गीत सार्वजनिक गरेका हुन्। उक्त गीतलाई गायक एम बरालले नै संगीतबद्ध गरेका छन् भने शब्द उज्ज्वलराज भट्टराईको छ। गीतमा संगीत संयोजन बलराम समालले गरेका छन्।

गीतमाथि आकर्षक म्युजिक भिडियो पनि निर्माण गरिएको छ। सोनम पाख्रिनद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा मोडल जोडर्न राजभण्डारी र अभिनेत्री बेनिशा हमालले अभिनय गरेका छन्। नगरकोटको आकर्षक लोकेसनमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा राजभण्डारी र हमालको जोडी सुहाएको छ। अभिनेत्री हमाल लामो समयपछि म्युजिक भिडियोमा देखिएकी हुन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई बुद्ध थापा तथा उनको टिमले छायांकन गरेको छ। सम्पादन विकाश दाहालले गरेका छन्।