वैद्यको रिट सर्वोच्चद्वारा खारेज


काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिट निवेदलाई बुधबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो रिट निवेदनलाई खारेज गरेको हो ।

कोरोना भाइरसको महामारीका बीच कांग्रेसले महाधिवेशन गर्न लागेको उल्लेख गर्दै कांग्रेस समर्थित नरोत्तम वैद्यले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । देशका विभिन्न जिल्लामा महाधिवेशनको तयारीका लागि भन्दै धमाधम अधिवेशनहरु भइरहेका छन् ।

उल्लेख्य जिल्लामा वडा अधिवेशनहरु सम्पन्न भइसकेका छन् । यस्तो अवस्थामा महाधिवेशन रोक्न माग गर्दै रिट निवेदन दायर भएको थियो । सर्वोच्चले रिट निवेदनमा मागबमोजिम लिखित जवाफ नै नमगाई खारेज गरिदिएको हो । रिट खारेजसँगै माग गरिएको विषय औचित्यहीन भएको छ ।