एमाले सांसदको चर्को नाराबाजीपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित

322
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि प्रतिनिधि सभाको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार संसद चल्न सहयोग गर्न आग्रह गरेपनि एमाले सांसदहरुले चर्को नाराबाजी जारी राखेका थिए ।

सभामुख सापकोटाले पन्ध्र मिनेटपछि बैठक बस्ने भन्दै स्थगित भएको बताएका छन् ।