अक्षय कुमारलाई मातृशोक, सेयर गरे भावुक ट्वीट


बलिउड अभिनेता अक्षय कुमारकी आमाको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी आमा अरणा भाटियाको निधन भएसँगै अक्षयले भावुक पोस्ट सेयर गरेका छन् ।

आमाको निधनले असह्य पीडा भएको बताउँदै अक्षयले लेखेका छन् , ‘उनी मेरी महत्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पीडा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यो दुनियाँबाट बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी छिन् । म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु किनभने म र मेरो परिवार निकै विचलित पारिदिने स्थितिबाट गुज्रिरहेका छौं । ओम शान्ति ।’