एन्जेलिनाको खुलासा


हलिउड अभिनेत्री एन्जेलिना जोलीले पूर्वपति तथा अभिनेता ब्रँड पिटले आफ्नो बच्चाहरूलाई दुव्र्यवहार गर्ने गरेको खुलासा गरेकी छिन्।

द गार्जियनसँगको एक अन्र्तवार्ताका दौरान उनले ब्राडको यस्तो बानीका कारण आफू ब्राडसँग वैवाहिक सम्बन्धमा रहेको बेला सधैँ बच्चाहरूको सुरक्षालाई लिएर चिन्तित रहने गरेको बताएकी छिन्। उनका अनुसार ब्राडले आफ्ना बच्चाहरू म्याडक्स, प्याक्स, जहरा, शिलोह तथा जुम्ल्याहा बच्चाहरू नाक्स र विबिहप्रति ब्राडले शारीरिक एवं मौखिकरूपमा दुव्र्यवहार गर्ने गरेका थिए। जसमा आफ्नो ठूलो छोरा म्याडक्सका साथ एक निजी विमानमा दुव्र्यवहार गरेको घटनासमेत सामेल भएको उनले बताएकी छिन्।

साथै, उनले आफू पिटका साथ रहँदा आफ्नो बच्चाहरूको पालन—पोषणको बारेमा पनि डराउने गरेको बताएकी छिन्। बालबालिकालाई असाध्यै माया गर्ने एन्जेलिनाले ६ जना बच्चालाई धर्म सन्तानको रूपमा अपनाएकी छिन्। उनी छिट्टै बाल अधिकारका बारेमा आफूले लेखेको एक पुस्तक सार्वजनिक गर्दै छिन्।