२९ विधामा तीज म्युजिक अवार्ड


२९ विधाको आठौं छायाँछवि तीज म्युजिक अवार्ड राजधानीमा सोमबार सम्पन्न भएको छ।

ऋतु कँडेललाई अलि अलि लजाउँदै बोलको गीतबाट सर्वोत्कृष्ट तीज गीत, दिया नेपाललाई पिलासे चोलीबाट उत्कृष्ट तीज गीत, रोशनी रसाईलीलाई गर्छु माया गर्छुबाट गायिका, सुनिता दुलाललाई स्वामीको प्यारीबाट मौलिक गीत, कल्पना काफ्लेलाई कम्मरै ढलमलबाट मौलिक गीत गायिका, शुशील ज्ञवालीलाई आमाको वेदनाबाट जुरी अवार्ड र शिव दर्शन फिल्म्सलाई उत्कृष्ट तीज गीत कम्पनीको अवार्ड दिइएको छ। त्यसैगरी, भुवन प्यासीलाई मखमलीबाट दोहोरी गायक, चिजा तामाङलाई तारा जुनबाट दोहोरी गायिका, सकुना श्रेष्ठलाई माइतीको आँगनबाट नवगायिका, शिलाश्मा हमाललाई झिलिमाईबाट नवगायिका, सारदा धिताललाई सिंगापुरे साडीबाट इन्करेजमेन्ट अवार्ड र सम्राट चौलागाईंलाई सम्झिने पानी छम्कनेबाट पब्लिक च्वाइस अवार्ड दिइएको छ।

प्रथम अभिनेत्री भुवन चन्द थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुष्मा शाही ठकुरीलाई सानीबाट सन्देशमूलक गीत गायिका, ज्योति गुरुङलाई परदेशको छोरीबाट शब्द, एचबी सुनारलाई माइतीको आँगनबाट मौलिक लय, रमेश परियारलाई माइती देशैकोबाट दोहोरी लय, मनोज परियारलाई पातली–३ बाट मिक्सिङ, राकेश सोनीलाई घिन घिन मादलबाट एरेन्जरको अवार्ड दिइएको छ। त्यस्तै, सुरेन्द्र बसेललाई यसपालिको तीजमा, सुमन सागर जंग केसीलाई जम्काभेट र होम गुरुङलाई मुग्लिनबाट निर्देशक, केशवराज भट्टलाई नृत्य निर्देशक, मुकेश हुमागाईंलाई आँखा गयो नयाँ चिजैमाबाट छायांकार र विनोद वनलाई सम्पादक तथा दीपेन्द्र तिमिल्सिनालाई पारी वन हरियो र टीका जैशीलाई डालीमा पुतली भुरुभुरुबाट मोडलको अवार्ड दिइएको छ।

आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले मौलिक तीज गीतलाई प्रोत्साहन गर्दै नेपाली कलासंस्कृतिको विकासमा अवार्डका माध्यमबाट टेवा पुर्‍याउने उद्देश्यले आठ वर्षदेखि तीज म्युजिक अवार्ड आयोजना गर्दै आएको बताए।