परिसंघको ‘वुमन लिडरसिप फोरम’ गठन

188
Shares

काठमाडौं, (नेस) ।

नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ । परिसंघकी राष्ट्रिय परिषद् सदस्य छायाँ शर्माको संयोजकत्वमा फोरम गठन गरिएको हो । परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षको रूपमा रहनु भएको छ ।

कार्यक्रममा परिसंघकी राष्ट्रिय परिषद सदस्य वर्षा श्रेष्ठ, पम्फा धमला एवं उद्यमी तथा व्यावसायिक क्षेत्रका महिला नेतृहरू रीता भण्डारी, सुनीता नेमाफुकी, सरीता लामा, आशा राणा अधिकारी, अनुपमा खुन्जेली, मल्लिका श्रेष्ठ, मधु लोहिया, कल्पना श्रेष्ठ, आश्रयता चौधरी र उपाशना पौडेलको उपस्थिति थियो ।