सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि सोही मूल्यमा बिनबेच भइरहेको छ । त्यस्तै, तेजाबी सुनको प्रतितोला ९० हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला १ हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ ।