भारतबाट अबैध रुपमा ल्याइएका कपडा बरामद


न्युज अफ नेपाल, बर्दिया ।

प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा छोडिएका कपडा बरामद गरेको छ ।

प्रहरीले गुलरिया नगरपालिका वडा नं.११ स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याईएका करिब १५,००० रुपैयाँ बराबरका लेडिज कपडा फेला पारेको हो ।

बरामद कपडा आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बुझाइएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् ।