संगीतमा परम्पा परम्पा


लोकप्रिय कोरियोग्राफर तथा निर्देशक गोविन्द राईको निर्देशन एवं गायक चन्द्र श्रीमलको स्वर, संगीत र शब्दमा परम्पा परम्पा बोलको रमाइलो गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

गीत र म्युजिक भिडियो हालै गोविन्द राई इन्टरटेन्मेन्ट युट्य्ब च्यानलमार्फत सार्वजनिक भएको हो। उक्त रोमान्टिक गीतको म्युजिक भिडियोमा विकास अधिकारी, शुभा आचार्य, मोनिका कर्माचार्य र मोनिशा कर्माचार्यले अभिनय गरेका छन्। म्युजिक भिडियोमा गायक चन्द्र र निर्देशक गोविन्द राईलाई पनि देख्न सकिन्छ। डोरमी स्टुडियोमा रेकर्डिङ भएको गीतको भिडियो क्रिस लिम्बूले कोरियोग्राफी गरेका छन्। भिडियोलाई दीपेन बस्न्यातले छायाकंन तथा सम्पादन गरेका छन्।