‘स्मार्टस्पिक’ सार्वजनिक


काठमाडौं, (नेस) ।

दक्ष नेपाल प्रालिले बालबालिकाहरूका लागि घरमै बसी खेल्दाखेल्दै र रमाइलो गर्दै पढाइका कुरा सिक्न सकिने ‘स्मार्टस्पिक’ सार्वजनिक गरेको छ । यो प्रविधिमैत्री शैक्षिक अन्तक्र्रियात्मक शृङ्खला हो ।

प्रविधिको सहयोगमार्फत् तयार गरिएको स्मार्टस्पिकले बालबालिकाहरूमा स्वाध्ययन अभ्यास गराउन प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ । नानो प्रविधिको सहयोगमा तयार गरिएको उक्त शृङ्खलामा किताब तथा स्मार्टस्पिक उपलब्ध छन् । सो स्मार्टस्पिकलाई किताबमा भएका अक्षर, शब्द, वाक्य, कथा, कविता वा चित्रमा छोएपछि आएको प्रतिक्रियाअनुरूप यस अद्भुत प्रविधिको लाभ उठाउन सकिन्छ ।

स्मार्टस्पिक १८ महिर्नादेखि ७ वर्षसम्मका बालबालिकाहरूको साथीजस्तै हो । यसलाई प्रयोगमा ल्याउन विशेष ज्ञान वा अनुभवको आवश्यकता नहुने भएकाले जोसकैले पनि यसलाई प्रयोगमा ल्याउन तथा सिक्न र सिकाउन सक्छन् । साथै, हरेक किताबको पहिलो पानामा प्रयोग गर्ने तरिकाबारे उल्लेख गरिएको हुनाले यो विद्यार्थी, शिक्षक, अभिभावक सबैका लागि स्वाध्ययन गर्न—गराउन मद्दत गर्नेछ ।