पार्टीलाई एकीकृत ढंगले अघि बढाउने भिजन ममा जति अरूमा छैन : निधि


काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका सशक्त प्रत्यासी मानिएका विमलेन्द्र निधिले पार्टीलाई एकीकृत ढंगले अघि बढाउने भिजन आफूमा जति छ, त्यति अरू कसैमा नभएको बताउनुभएको छ ।

नेपाल समाचारपत्रलाई अन्तर्वार्ता दिँदै सोमबार उहाँले भन्नुभयो– ‘अहिलेसम्म मैलेजस्तो पार्टीलाई अघि बढाउन सभापतिले गर्ने कामका बारेमा यस्तो प्रस्ट धारणा कसैले प्रस्तुत गरेको छैन ।’

‘पार्टीलाई अगाडि लैजाने प्रस्ट खाका छ मसँंग, त्यसैले सभापतिमा मेरो दाबेदारी हो ।’ –हाल पार्टीका उपसभापति निधिले दाबी गर्नुभएको छ ।