तीज म्युजिक अवार्ड आज


छायाँछवि क्रियसनले हरितालिका तीजका अवसरमा यस वर्ष पनि तीज म्युजिक अवार्ड–२०७८ आयोजना गर्ने भएको छ।

आठौं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड–२०७८ आज सोमबार राजधानीमा हुन लागेको हो। यसका लागि आयोजक संस्थाले मनोनयनमा परेका गीत संगीतकर्मीहरूको सूची सार्वजनिकसमेत गरिएको छ। तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या विगतका वर्षमा भन्दा यसपटक केही कमी आएको छायाँँछविका अध्यक्ष शान्तिप्रियले जनाए। तर, पनि तीजका अवसरमा संलग्न हुने सर्जकलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका स्र्र्र्र्र्र्र्रष्टा/सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने उद्देश्यका साथ अवार्डको आयोजना गर्न लागिएको उनले बताए।

कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आयोजना गरिने आयोजकले जनाएका छन्। समारोहमा १५ विधामा अवार्ड प्रदान गरिनेछ।