अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज अन्तिम दिन


काठमाडौँ, (नेस) ।

महिला उद्यमी महासंघ नेपालले पाँचौ अन्तर्र्रािष्ट्रय महिला उद्यमी व्यापार मेला आयोजना गरेको छ । कोभिड–१९ को संक्रमणका कारण मेला भर्चुअल माध्यमबाट भएको छ ।

यस व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी देखि लिएर महिला निर्यातकर्ताका साथै विदेशका उद्यमी महिलाको पनि सहभागिता छ । सोमबारसम्म सञ्चालन हुने मेलाको उद्देश्य नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने रहेको छ । मेलाको आयोजनामा अन्तर्राष्ट्रिय श्रम संगठन, फिन चर्च एड, द एसिया फाउन्डेसन (भिसा) आदि संस्थाहरुले सहयोग छ। मेलाका विशेष आकर्षणमा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका स्टल छन्।

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाले महिला उद्यमीहरुको श्रम र सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा पनि उनीहरुको पहिचान बनाउन सघाउ पुर्‍याउनुका साथै उनीहरुलाई अगाडि बढ्न प्रोत्साहित गर्ने विश्वास पनि महासंघको छ ।