बल्खु तरकारी बजार क्षेत्र डुबानमा (भिडियो)


न्युज अफ नेपाल, काठमाडौ ।

भारी वर्षका कारण काठमाडौँ उपत्यकाको बल्खु तरकारी बजार क्षेत्र डुबानमा परेको छ । राति २ बजेदेखि उपत्यकामा मेघगर्जनसहित ठूलो पानी परेको छ ।

प्रहरीका अनुसार बल्खु, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेका छन् । हालसम्म १ सय ३८ जनाको सकुशल उद्धार गरिएको छ ।