काठमाडौंमा बाढी: ३८२ घर डुबानमा, एक सय ३८ को उद्दार


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा आएको बाढीले तीन सय ८२ घर डुबानमा परेका छन् ।

त्यस्तै, हालसम्म एक सय ३८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । गएरातिदेखि परेको भारी वर्षाका कारण बागमती र विष्णुमती खोला बिनार क्षेत्र डुबानमा परेका छन् ।

काठमाडौंकाे बल्खु तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार, डल्लु लगाएका क्षेत्र डुबानमा परेका छन् । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।