काठमाडौंमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, ४१९८ सक्रिय संक्रमित

8.74k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ९८ र भक्तपुरमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै आज काठमाडौं उपत्यकामा थप ४५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै काठमाडौं उपत्यकामा सात हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौं जिल्लामा चार हजार १९८, ललितपुरमा दुई हजार ७५ र भक्तपुरमा एक हजार ३१६ सक्रिय संक्रमित छन्।