आईसिसि युवा संयोजकमा गोर्खालीकाे उम्मेद्वारी


भूपराज बस्याल, काठमाडौ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि आईसिसि युवा संयोजक पदमा मनोज कुमार श्रेष्ठ (मनोज गोर्खालीले) उम्मेदवारी घोषणा गर्नुभएको छ ।

भद्र, शालिन मिलनसार लगनशीलका कारणै विश्वको एनआरएनए माझ लोकप्रिय हुनुभएका गोर्खालीले आगामी नेतृत्वका लागि अब्बल ,सक्षम एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा सक्रियताको परिचित बनाउनु भएका गोर्खालीले युवा संयोजकमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

युएई लाई कर्मथलो बनाउँदै सामाजिक क्षेत्र सकृय उहाँले ‘सुरक्षित वैदेशिक रोजगार र युवा उद्यमशीलता एनआरएनएमार्फत पूरा गर्ने मेरो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ युवा संयोजकमा उम्मेदवारी दिन लाग्नुभएको हो । गोर्खाली हाल मध्यपूर्व उपसंयोजक हुनुहुन्छ । मध्यपूर्व क्षेत्रमा सामाजिक अभियन्ताको रुपमा परिचय बनाउदै कैयौँ संगीतिक कार्यक्रम गर्दै आम्दानी भएको रकम स्वदेशमा प्रकृति प्रकोप, दैवीप्रकोपमा परेका लाई सहयोग त्यस्तै निम्न वर्ग जो शिक्षा स्वास्थ्य बाट बञ्चित छन् उनीहरुलाई राहत प्रदान गर्दै आउनु भएको छ ।

कोभिडको महामारीमा दुबईमा अलपत्र परेका नेपालीहरुलाई राहत सामग्री प्रदान लगायत सेल्टरको ब्यबस्थापन लगायतका थुप्रै काममा सक्रिय हुनुहुन्छ गोर्खाली । कोभिडको दोस्रो लकडाउनमा कोभिडको प्रबाह नगरि एक हप्तासम्म नेपाल एयरपोर्टमा बसेर मध्यपूर्व र अन्य एनआरएनए एनसिसीहरुले पठाइएका अक्सिजन कर्न्सनटेटर र स्वास्थ्य सामाग्रीहरुलाई स्वास्थ्य मंत्रालयदेखी लिएर हरेक प्रदेश प्रदेश सम्म ब्यवस्थापन गर्ने काममा पनि गोर्खाली अग्रपंक्तिको रुपमा प्रस्तुत भएर आम जनसमुदायमा माझ आफ्नो बेग्लै छाप छोड्न सफल हुनुभएको छ ।

एनआरएनए अभियानमा बिगत लामो समयदेखिको सक्रियाता, सफलता र अनुभव सदुपयोग गर्दै साथै नेपाली समुदायले आशा र भरोसाका रुपमा स्वीकार गरेको एक मात्र विश्वसनीय संस्थाले आफुलाई दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मुलक ढंगले मध्यपूर्वमा ऐतिहासीक सफलता प्राप्त गरेको दक्षता, सिप, क्षमता र अनुभवलाई आईसीसि युवा संयोजकका माध्यमबाट विश्वसामु पस्कन पाउँने पूर्ण विश्वास र प्रतिवद्धतासहित उम्मेदवारी दिएको गोर्खालीले बताउनु भएको छ ।