सुनको मूल्यमा वृद्धि


काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

बिहीबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।