देविकाले ल्याइन् परदेशीको सिक्वेल


लोकप्रिय गायिका देविका वन्दनाले गत वर्षको आफ्नो चर्चित गीत परदेशीको सिक्वेलको रूपमा नयाँ गीत परदेशी—२ दर्शक स्रोतामाझ ल्याएकी छिन्। देविकाले आप्mनै निवासमा केक काटेर गीत तथा म्युजिक भिडियोमा आबद्ध कलाकर्मीसँग खुसी साट्दै आफ्नै युट्यु्ब च्यानलमार्फत उक्त गीत हालै म्युजिक भिडियोसहित सार्वजनिक गरेकी हुन्।

गीतमा देविकाको स्वर तथा सञ्जित श्रेष्ठको शब्द एवं संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा सञ्जल भण्डारी, निश्चल भण्डारी, एलिशा पुन र हिना मगरको अभिनय रहेको छ। दाजुभाइ कम्पनीले निर्माण गरेको गीतको म्युजिक भिडियोमा सञ्जित श्रेष्ठको छायांकन तथा छेवाङ लामाको निर्देशन रहेको छ भने विजेश पौडेलको सम्पादन रहेको छ।