उर्मिला मिसेस नेपाल ग्ल्याम

2.44k
Shares

राजधानीमा आयोजित विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगितामा राजधानीको चावहिलकी उर्मिला कार्कीले मिसेस नेपाल ग्ल्याम २०२१ को उपाधि जितेकी छन्। दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्षसहित मिसेस ट्यालेन्ट, मिसेस पुपुलर, भिवर्स च्वाइस र बेस्ट हेयरको उपाधिलाई समेत आफ्नो बनाइन्।

उपाधि जितेवापत उनले सिंगापुरमा हुने मिसेस इन्टरनेसनल २०२१ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा हालै ललितपुरमा सम्पन्न प्रतियोगितामा रमिता यादव फस्ट र सरिता श्रेष्ठ सेकेन्ड रनर्सअप भए। रमिता मस्ट डिसिप्लेन तथा सरिता बेस्ट र्‍याम्प वाक, फिगर र फोटोजेनिकको विजेता पनि भइन्। प्रतियोगितामा बबी शाह बेस्ट स्माइल, रंगलक्ष्मी फुयाँल बेस्ट स्किन, मलिसा शर्मा फेसबुक च्वाइस, शान्ति मगर लिम्बू मिसेस ब्युटिफुल, सुनीता श्रेष्ठ बेस्ट फिगर, अञ्जना खड्का बेस्ट डान्स र शोभा शाही बेस्ट कन्फिडेन्ट चुनिए। अन्तिम स्पर्धाको कार्यक्रम कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न भएको थियो।

कार्यक्रममा कोरोना संक्रमण जोखिमलाई हेरेर लगाइएको निषेधाज्ञाका कारण रोकिएको ट्यालेन्ट राउन्ड पनि गरिएको थियो।