आयो दुर्गा


सामाजिक सन्देशमा निर्माण भएको लघु फिल्म दुर्गा युट्युबबाट सार्वजनिक भएको छ।

फिल्म आरके मानन्धर र राजु भुजुको संयुक्त युट्युब च्यानल आरके एन्ड आरके इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको हो। बालशोषणविरुद्ध जनचेतनामूलक लघु फिल्म घरेलु श्रमिकको विषयमा निर्माण भएको छ। दुर्गा बालबालिकाप्रति गरिने व्यवहार तथा उनीहरूको शिक्षाको विषयमा सामाजिक सन्देशका साथ तयार पारिएको फिल्मका लेखक आरके मानन्धरले बताए।

लघु फिल्ममा दमन रुपाखेतीको निर्देशन रहेको छ भने कथा, पटकथा र लेखन आरके मानन्धरको रहेको छ। लघु फिल्ममा आरके मानन्धर, राजु भुुुजु, दमन रुपाखेती, कमला रेग्मी, सेविता अधिकारी तथा बालकलाकार ईनाया प्रजापतिले अभिनय गरेका छन्। सधैं हास्य भूमिकामा अभिनय गर्दै आएका कलाकारद्वय दमन रुपाखेती र राजु भुजु यो लघु फिल्ममा भने फरक भूमिकामा देखिएका छन्। लघु फिल्ममा दिलिप विष्टको छायांकन तथा रबिन भट्टको सम्पादन रहेको छ। यो लघु फिल्म सीता मानन्धर र राज मानन्धरले निर्माण गरेका हुन्।