अमिताभ बच्चन नेपाल आउँदै


काठमाडौं ।

बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । उनी ‘उचाईँ’ नामक फिल्मको सुटिङका लागि नेपाल आउन लागेका हुन् ।यो फिल्मको निर्देशक सुरज बडजात्या हन् ।

मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् ।