खुल्ने भए हलहरू


कोरोना संक्रमणबाट हुने कोभिड—१९ को जोखिमका कारण बन्द गराइएका सिनेमा हल आज बिहीबारबाट सञ्चालनमा ल्याउन अनुमति दिइएको छ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको बैठकले आजबाट सिनेमा हल सञ्चालन गर्न दिने निर्णय गरेको हो। बैठकले स्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण पालना हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बनाएको फिल्म प्रदर्शन (सिनेमा हल) सञ्चालन तथा अनुगमन मापदण्ड २०७७ अनुसार हल सञ्चालन गर्न दिने निर्णय गरेको हो।

नेपालमा कोभिडाको देखिनु अगाडि गत २०७६ सालको अन्तिममै बन्द गराइएका हल बीचमा केही समय खुले पनि दोस्रो चरणको कोरोना महामारीका कारण गत वैशाखको पहिलो साताबाट पुनः बन्द गरिएका थिए। प्रशासनले हल खोल्न अनुमति दिए पनि निर्माताहरूले फिल्म दिइनहाल्ने भएकाले र हलको सरसफाइलगायतका प्रबन्ध मिलाउनुपर्ने भएकाले आजैबाट हल सञ्चालनमा भने आउने छैनन्। ‘हल खोल्न दिने निर्णय भए पनि बिहीबारबाटै सञ्चालनमा ल्याउन सकिने अवस्था भने छैन’ नेपाल चलचित्र संघका उप—महासचिव, निर्माता, प्रदर्शक तथा वितरक गोपालकाजी कायस्थले भने।