करिश्माको कम्पनीले ल्यायो इन्टेक्स ब्रान्डका होम अप्लाइन्स


काठमाडौं, (नेस) ।

अन्तर्राष्ट्रिय ब्रान्ड इन्टेक्सका इलेक्ट्रोनिक्स सामानलाई रिसिक ट्रेडिङ कन्र्सन प्रालिले नेपाली बजारमा ल्याएको छ । नायिका करिश्मा मानन्धरको कम्पनीले यस ब्रान्डलाई नेपालमा आधिकारिक रूपमा भित्र्याएको हो ।

रिसिक ट्रेडिङ कन्र्सनकी म्यानेजिड डाइरेक्टरसमेत रहनु भएकी अभिनेत्री मानन्धरले घरायसीरूपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्रान्डलाई नै रोज्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । विश्व बजारमा २५ वर्ष अघिबाट नै यस ब्रान्डका सामान आए पनि नेपाली बजारमा भने होम अप्लाइन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रूपमा पहिलोपटक नेपाल भित्रिएको हो । आठ वर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको थियो । आफ्नो ब्रान्डको गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्रान्डका अन्तर्राष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताउनुभयो ।

इन्टेक्स ब्रान्डका सामानको एक वर्षदेखि १० वर्षसम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिनु भएको छ । नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्राण्डलाई नम्बर १ बनाउने प्रयासमा आफूहरू रहेको उहाँले जानकारी दिनुभयो । कम्पनीले देशभर नै आफ्नो सर्भिस सेन्टरहरूको स्थापना गरिसकेको छ । ‘हाम्रो उद्देश्य उच्च गुणस्तरीय सामान उपभोक्तालाई दिनु हो । हाम्रा ब्रान्डका सामान प्रयोग गर्ने कुनै पनि उपभोक्ताले पछुतो मान्नुपर्ने छैन । हामीले राम्रो सामान सही मूल्यमा उपभोक्तलाई उपलब्ध गराउँदै आएका छौं, इन्टेक्स ब्रान्डका कन्ट्री म्यानेजर विनय जोशीले बताउनुभयो । रिसिक ट्रेडिङ कन्र्सन प्रालिका कार्यकारी निर्देशक कविता मानन्धरले सिने क्षेत्रमा आमासँग अहिलेसम्म काम गर्ने अवसर नजुटे पनि व्यावसायिक क्षेत्रमा आमाछोरीको सहकार्य रहेको उल्लेख गर्दै विद्युतीय घरेलु उपकरणको बजारमा आफूहरूको प्रयासलाई सबै क्षेत्रबाट सहयोग रहने अपेक्षा गरेको बताउनुभयो ।