६ दर्जन कलाकर्मी सम्मानित

924
Shares

राजधानीमा आयोजित एक कार्यक्रमबीच गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले ६ दर्जनभन्दा बढी कलाकर्मीलाई सम्मान गरेका छन्।

रिबन इन्टरटेनमेन्टद्वारा ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा आयोजित कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले ६ दर्जनभन्दा बढी कलाकर्मी तथा विभिन्न क्षेत्रका मानिसलाई सम्मान गरेका हुन्। कोरोना संक्रमणबाट हुने कोभिड—१९ को जोखिमका कारण विभिन्न समूहमा विभाजन गरी फरक—फरक समयमा सम्पन्न गरिएको कार्यक्रममा अभिनेता धीरेन शाक्य, शुशील श्रेष्ठ, विकास चापागाईं, प्रदीप बास्तोला, दुर्गा बास्तोला, प्रेम पाण्डे, देव महतो, प्रवण भुसाल र तुलसीप्रसाद श्रेष्ठ, अभिनेत्री साक्षी लम्साल र बेनी ढुंगाना, हास्य अभिनेता गोपाल ढकाल (छन्दे) लाई आ–आफ्नो क्षेत्रमा योगदान पुर्‍याएबापत सम्मान गरे। राष्ट्रलाई पुर्‍याएको योगदान : विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई सम्मान भन्ने नाराका साथ राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ नाम दिइएको कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले फिल्म निर्देशक राजेन्द्र उप्रेती, सुदर्शन थापा, मधुसुदन भट्टराई, कल्याण अधिकारी, सौरभ चौधरी, अम्बरबहादुर विश्वकर्मा, राजु अधिकारी र ऋषिराज आचार्य, म्युजिक भिडियो निर्देशक विधान कार्की, फिल्म निर्माता नविन अधिकारी, फिल्म लेखक शिवम अधिकारी र आरती अधिकारी, संगीतकार दीपक शर्मा, अर्जुन पोखरेल, विशाल ढकाल र राजेन्द्र बजगाईं, गायक तथा संगीतकार भुवन प्यासी, गीतकार बी पाण्डे, दयाराम पाण्डे, प्रतिमा गुरुङ र रामप्रसाद कँडेल, गायक सुरज पौडेल र चिरञ्जीवि भण्डारी, गायिका पारु रंजित, भावना आचार्य, छनु गुरुङ, लक्ष्मी आचार्य र सरिता भारती, वाद्यवादक सुनील सिंह नेपाली, कोरियोग्राफर सुवास बुढाथोकी र रामजी लामिछाने, फिल्म छायांकार धनदीप योञ्जन (सौरभ लामा), जीवन पराजुली र रविचन्द्र कोइराला, फिल्म सम्पादक भूपेन्द्र अधिकारी, खालित खान (शाहिल) र सुरेश कुमार राउत, फिल्म रंग संयोजक रेनिश फागो, भिएफएक्स आर्टिस्ट अच्युत बजगाईं र रंग पत्रकार जीवन पराजुलीलाई सम्मानित गरियो।

चरणबद्धरूपमा सीमित मानिसका बीच आयोजित कार्यक्रममा मेकअप आर्टिस्ट टेकराज पाण्डे, गीता पौडेल, जमुना पुन र विना राना, साहित्यकार तथा गीतकार रचना महर्जन शाक्य, सुरेन्द्र महर्जन र ज्ञानेश्वर तिवारी, फेसन वर्डजाइनर अमित झा, पूर्व मिसेस एसिया प्यासिफिक तथा मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी, फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनीकान्त झा, पेजेन्ट निर्देशक बालकृष्ण पोखरेल र प्रिती कार्की, फिल्मकर्मी केडी प्रसित, रेडियो प्रस्तोता महेश लिम्बूलाई सम्मान गरिएको थियो। त्यसैगरी, व्यवसायी भूषणकुमार श्रेष्ठ, गोमा अधिकारी धिताल, अनुप के. बराल, टपेन्द्र शाही, ब्युटिसियन कमला सिग्देल लामिछाने र रेणु राना मगर, स्वास्थ्यसेवी त्रिजा ढकाललाई पनि उनले सम्मान गरे।

रिबन इन्टरटेनमेन्ट प्रालिले सातौं वार्षिकोत्वका अवसरमा आयोजना गरेको कार्यक्रम नेपालको प्रथम अभिनेत्री भुवन चन्द थापा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियोे। कार्यक्रममा प्रमुख अतिथि प्रथम पूर्वउपराष्ट्रपति झाले कला क्षेत्रका विभिन्न विधामा काम गर्ने व्यक्तित्वलाई सम्मानित गर्न पाएकोमा खुसी व्यक्त गर्दै कला क्षेत्रमा काम गर्नेहरू राजनीति गर्नेभन्दा धेरै माथि रहेको चर्चा गरे। प्रथम अभिनेत्री थापाले आफूले काम गरेको क्षेत्रका नयाँ पुस्ताले कला क्षेत्रलाई चलायमान राखिरहेकोमा साधुवाद दिइन्। आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले स्रष्टाको सम्मानमा स्वास्थ्य मापदण्ड अपनाउँदै कार्यक्रम आयोजना गरिएको बताए।