नुसरत एकल आमा


बलिउड तथा बंगाली फिल्मकी अभिनेत्री एवं अल इन्डिया त्रिणमुल कांग्रेस सांसद नुसरत जहाँ केही दिनअघि मात्र आमा बनिन् ।

गर्भवती अवस्था तथा पूर्वपति निखिल जैनसँगको विवादका कारण चर्चामा आइरहने उनी बच्चालाई जन्म दिएपछि झनै चर्चामा छिन्। पूर्वपति निखिल जैनका साथ वैवाहिक सम्बन्ध अन्त्य गरेकी नुसरत गत वर्षदेखि अभिनेता एस दास गुप्ताका साथ प्रेम सम्बन्धमा रहेको चर्चा बलिउडमा छ। आमा बनेपछि नुसरतलाई धेरैको बधाईको ओइरो लाग्नुका साथै फ्यानहरूले बच्चाको पिताको बारेमा सवाल पनि गरिरहेका छन्। तर, भारतीय सञ्चार माध्यमहरूले नुसरतले बच्चाको पिताको नाम बताउन इन्कार गर्दै आफू सिंगल मदर अर्थात् एकल आमा बन्ने बताएकी छिन्। नुसरत बच्चा जन्माउनका लागि अस्पतालमा रहेका बेला अस्पतालमा अभिनेता एस दासगुप्ता रहेकाले नुसरतको बच्चाको पिता उनै हुन सक्ने पनि अड्कल काटिएको छ।

यस भन्दाअघि नै उनका पूर्वपति निखिलले आफू नुसरतसँग छुटिइसकेका कारण बच्चाको पिता आपूm नभएको बताएका थिए। सन् २०१९ मा निखिलका साथ विवाह गरेकी नुसरत सन् २०२० मा उनीसँग छुट्टिएकी थिइन्।