तीजलाई फूलै फुल्यो तिउरी


गीतकार एवं सञ्चारकर्मी शान्तिप्रियले अघिल्ला वर्षझैं, यसपटक तीज गीत फूलै फूल्यो तिउरी सार्वजनिक गरेका छन्।

गीत म्युजिक भिडियोसहित सीसी नेपाल युट्युब च्यानलबाट रिलिज गरिएको छ। शान्तिप्रियको शब्दमा चित्रकार तथा संगीतकार गायक ज्योति प्रकाशले संगीत भरेको गीतमा राजेन्द्र बजगाईंले संगीत संयोजन गरेका छन् भने गायिका दुर्गा परियारले गाएकी छिन्।

फूलै फूल्यो तिउरी टिपी कानमा सिउरिएँँ
स्वामी राजा मुस्कुराए लाजैले म निहुरिएँँ
वरीलै तीजैको रहर
कोही गाउँँछन् संगी कोही नाच्छन् संगी
वरीलै खुलेर गाउँ—सहर गीतमा भनिएको छ।

गीतमा म्युजिक भिडियोमा अभिनेत्री एवं मोडल अनामिका चौलागार्इं र नवमोडल झरना परियार फिचरिङ छन्। गत वर्षदेखि एकै साथ तीन तीज गीतमा मोडलिङ गरेर तीजका गीतमा मोडलिङ गर्न थालेकी अनामिका एवं यसै गीतबाट डेब्यू गरेकी झरना परियारको केमेस्ट्री मिलेको छ। भिडियोको छायांकन गोविन्द अञ्जानले गरेका छन् भने नृत्य निर्देशन तथा सम्पादन राजीव बलामीको छ। भिडियोमा निर्दिष्ट भने गीतकार शान्तिप्रियको रहेको छ।