लकडाउनले केही फरक पर्दैन


तीज नजिकिँदै गर्दा नयँँ तीज गीत लकडाउनले केही फरक पर्दैन सार्वजनिक भएको छ।

गीतमाथि रमाइलो म्युजिक भिडियो पनि बनेको छ। म्युजिक भिडियोमा अञ्जली अधिकारी, राजेन्द्र लोहनी, नेहा नेपाली र रिया राईले अभिनय गरेका छन्। सार्वजनिक गीतको म्युजिक भिडियो राम गौतमले निर्देशन गरेका छन्। गीतको भिडियोलाई रमाइलो तरिकाले देखाइएको छ। राजु परियार र माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा शब्द संगीत र एरेन्ज भने विपिन आचार्यको रहेको छ। राजेन्द्र लोहनीले निर्माण गरेको म्युजिक भिडियोमा रवि कार्कीको कोरियोग्राफी, दीपेन्द्र बस्नेतको छायांकन र सम्पादन रहेको छ।