भिडियोमा जिन्दगीको यात्रा

658
Shares

गायक तथा गीतकार राजेशमान केसीको नयाँ गीत जिन्दगीको यात्रा म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियो जयप्राप्ति म्युजिक प्रालिको युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको हो। गायक केसी स्वयंको शब्द तथा संगीतमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियो जयराज भट्टले निर्देशन गरेका छन्। भिडियोमा गायक केसीका साथ रोजी कुँवर, प्रमेश्वर दाहाल, गोपाल अर्याल, श्रीकृष्ण श्रेष्ठ, कमला श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

भिडियो सन्देशमूलक छ। यसले जीवन यात्राको क्रममा आइपर्ने अनेकौं उतारचढावलाई सहजरूपमा ग्रहण गर्नुपर्ने र कसैको पनि निन्दा वा चर्चामा नलागी आफ्नो समयको पूर्ण सदुपयोग गर्दै सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने सन्देश प्रवाह गर्न खोजेको छ।

गायक केसीले समाजको सकारात्मक रूपान्तरणमा गीत संगीतको पनि महत्वपूर्ण भूमिका रहने हुनाले आफू ले यस्तो गीत संगीतलाई प्राथमिकता दिने गरेको र भविष्यमा पनि यस्तै किसिमको गीत, संगीत र साहित्य सिर्जनामा लागिरहने बताए।