रानीलाई बुझेनन् कसैले


गायिका रानी शाक्यले नयाँ गीत बुझेनन् कसैले सार्वजनिक गरेकी छिन्।

भरतप्रसाद भट्टको शब्द र विक्रम थापाको संगीत रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियो रानी शाक्यको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। विजयराज भुर्तेल, समीक्षा पोखरेललगायतका थुप्रै कलाकारले अभिनय गरेको गीतको म्युजिक भिडियोमा नरेश ऐरको छायांकन, विजयराज भुर्तेलको सम्पादन र देव धिमालको निर्देशन रहेको छ।

रानी शाक्यको पछिल्लो समयमा केही गीत चर्चित छन्। गायिका शाक्यको अहिलेसम्म पाँच दर्जनभन्दा बढी गीत आइसकेका छन्। आधुनिक, डान्सिङ तथा लभ भर्सनका गीतका साथै फिल्मको पाश्र्व गायनमा समेत आफूलाई अब्बल साबित गराउँदै आएकी छिन्।