हरिवंश र मिलनको कालु भेना


यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा निकै सक्रिय रहेका छन्। यसै क्रममा उनको हालै ए कालु भेना बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन्। गीतमा हरिवंश आचार्यकै शब्द र संगीत रहेको छ। गीतको संगीत संयोजन किरण तुलाधरले गरेका छन्। मौलिक अडियोको यो गीतको म्युजिक भिडियो गम्भीर विष्टले आफ्नो निर्देशनमा आकर्षक बनाएका छन्। म्युजिक भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेललाई फिचरिङ गरिएको छ। गाउँघरको परिवेश र त्यहाँको माहोललाई समेटेर गम्भीरले गरेको म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी निकै आकर्षक लाग्छ। नवराज उप्रेतीले खिचेको भिडियोलाई भ्रूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। गज्जब टिभीको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो गज्जब टिभीको युट्युब च्यानलबाट रिलिज गरिएको छ। यसअघि, हरिवंशको स्वर र अभिनय रहेको गीत माछीलाई खोलीको लेउ सार्वजनिक भएको थियो। दर्शकको राम्रो साथ पाएको उक्त गीत पछि हरिवंशले नयाँ गीत सार्वजनिक गरेका हुन्।