लेखनाथ उद्योग वाणिज्य संघमा आत्रेय


कास्की, (नेस) ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत निर्वाचित हुनुभएको छ । अन्य पदमा भने निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा बिनोद श्रेष्ठ र भरत कुमार अधिकारीको उम्मेदवारी परेको छ । प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाशलाल श्रेष्ठको उम्मेदवारी परेको छ भने द्वितीय उपाध्यक्षमा शैलेन्द्र मोहन भट्टराई र गोपिचन्द्र बास्तोलाबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै महासचिवमा उपेन्द्र सुवेदी राजु र मेनुका श्रेष्ठको उम्मेदवारी परेको छ । उपमहासचिवमा जानुका पराजुली र धिरजकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पदमा रामजी पौडेल, भीम बहादुर नेपाली ‘काइला’, भरत ओझा र दिलकुमारी दाहाल ‘सन्धया’को उम्मेदवारी परेको छ । खुल्ला सदस्यका लागि टीकाराम सापकोटा, भरत थापा, निर्मल पौडेल, हरि वस्ताकोटी, माधव तिवारी, इन्दिरा रोक्का, प्रमोद भण्डारी, राजन कल्याण बडगामी, पुष्पमणि भण्डारी, ध्रबबाबु भट्टराई, खेमराज बराल, जीवन तिवारी, विक्रम कर्माचार्य, राधाकृष्ण अधिकारी, कृष्ण बहादुर अधिकारी, सुरेन्द्र त्रिपाठी, इन्द्रबहादुर थापा, वीरेन्द्र भण्डारी, कुलबहादुर रानाभाट, वुद्धिप्रसाद बास्तोला र लक्ष्मीप्रसाद ढुंगानाको उम्मेवारी परेको छ । २ जना महिला सदस्यको लागि गंगा मल्ल, तुलसी थापा क्षेत्री, शान्ति कुमारी खनाल, बुद्धि कुमारी मगर र रञ्जना बरालबीच प्रतिस्पर्धा हुनेछ । एक संस्थागत सदस्यको लागि रामबहादुर गुरुङ र महेश्वर आचार्यको उम्मेदवारी परेको छ भने एक एसोसिएट सदस्यको लागि वीरेन्द्र बानियाा र मेघराज पौडेलको उम्मेदवारी परेको छ ।संघमा १ हजार ७ सय ५१ जना व्यवसायी साधारण सदस्य छन् ।