शनिबार थप १८५७ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

994
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।