तोलामा ५ सयले बढ्यो सुनको मूल्य


काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

बिहीबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।