अनुलाई तीजको रमझम


नेपाली हिन्दू महिलाको चाड तीज नजिक आइरहेको समयमा विभिन्न तीजका गीत बजारमा आइरहेका छन्। यसैबीच, गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको शब्दमा तीज गीत तीजको रमझम सार्वजनिक भएको छ।

सुरक्षा सेन्चुरीको स्वर रहेको गीतमा संगीत विकास चौधरीको रहेको छ।

गीतमाथि आकर्षक म्युजिक भिडियो पनि निर्माण गरिएको छ। सार्वजनिक गीतको म्युजिक भिडियोमा अनु शाह र सीमा चौधरीले दमदार नृत्य गरेका छन्। अनुले रातो साडी र सिउँदोभरि सिन्दूरमा सजिएर म्युजिक भिडियोमा जोडदार नृत्य गरेकी छिन्। गीतको कमल राईले कोरियोग्राफी गरेका छन्। म्युजिक भिडियो उषा मलाह सिम्रनले निर्देशन गरेकी छिन्। शिव ढकालको छायांकन रहेको म्युजिक भिडियोको सम्पादन वीरबहादुर थारूले गरेका छन्।