रोलिङ स्टोन्सका ड्रमरको निधन


विश्वप्रसिद्ध सांंगीतिक समूह रोलिङ स्टोन्स ब्यान्डका ड्रमर चार्ली वाट्सको ८० वर्षको उमेरमा निधन भएको छ।
स्वास्थ्यमा समस्या आएपछि लन्डनस्थित एक अस्पतालमा उपचाररत उनको मंगलबार अस्पतालमै निधन भएको हो। उनका प्रवक्ता तथा परिवारले संयुक्त रूपमा एक सूचना जारी गर्दै उनको मृत्युको खबर सार्वजनिक गरेका थिए।

‘चार्ली एक मायालु पति, बुवा र हजरबुवातथा रोलिङ स्टोन्सको सदस्यका रूपमाआफ्नो पुस्ताको सबैभन्दा ठूलो ड्रमर हुनुहुन्थ्यो’ सूचनामा लेखिएको छ। चार्लीले सन् २००४ मा घाँटीको क्यान्सरलाई जितेका थिए।

सानैदेखि ज्याजम्युजिकमा रुचि राख्ने चार्लीले १३ वर्षको उमेर देखि नै व्यवसायिक रूपमा ड्रम बजाउन शुरू गरेका थिए। सन् १९६३ मा रोलिङ स्टोन ब्यान्डमा आबद्ध भएका चार्लीले उक्त ब्यान्डलाई रक एन्ड रोल विधामा सबै भन्दा ठूलो ब्यान्ड बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। चार्लीको श्रीमती र एक छोरी रहेका छन्।