नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) ले पायो दलको मान्यता


सुनील महर्जन, काठमाडौं ।

नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टीले निर्वाचन आयोगबाट कानुनी मान्यता पाएको छ । आयोगले बुधबार राति दुवै दल दर्ता भएको प्रमाणपत्र सम्बन्धित दलका पदाधिकारीलाई प्रदान प्रदान गरेसँगै ती दलले औपचारिक मान्यता पाएको हो ।

सरकारले दल विभाजनलाई खुकुलो हुने गरी अध्यादेश ल्याएपछि नेकपा एमालेबाट अलग भई सो पार्टीका वरिष्ठ नेता माधव नेपालसहित ५५ जना केन्द्रीय सदस्यले नेकपा एकीकृत (समाजवादी) दल दल दर्ताका लागि गत बुधबार आयोगमा निवदेन दिएका थिए ।

त्यसै गरी, जनता समाजवादी पार्टीबाट छुट्टिएर महन्थ ठाकुर पक्षले जसपा (लोकतान्त्रिक) दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । निर्वाचन आयोगले बुधबार नै दुवै प्रस्तावित दल नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि बुधबार सनाखत गरेको हो ।

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि भारतमा उपचार गराइरहनुभएका नेता झलनाथ खनालसहित नेकपा एमालेका ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका थिए । त्यसमा संघीय सांसद २९ जना रहेका छन् ।

सनाखत गर्ने केन्द्रीय सदस्यहरुमा प्रदीप नेपाल, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, विजय गुरुङ, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्रप्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, चूडामणि विक ‘जंगली’, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा. देउमान सम्बाहाम्फे, भाष्कर काफ्ले, कृष्णप्रसाद खनाल, महम्मद महफुज अन्सारी, हरिप्रसाद पराजुली, केदार न्यौपाने, सावित्रा भुसाल, गौरा प्रसाईं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सुधिरप्रसाद साह, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, प्रतापलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह, रामचन्द्र यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, श्रीप्रसाद साह, रवीन्द्रबैठा धोबी, लक्ष्मण पौडेल, मदनकुमारी शाह (गरिमा), देवशंकर पौडेल, हंशबहादुर शाही र भागवत् नेपाली रहनुभएको छ ।

त्यस्तै, सनाखत गराउने संघीय सांसदहरुमा माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुुमारी खतिवडा, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हीराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंके, लक्ष्मी चौधरी, बिना बुढाथोकी, वेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाई र शान्तिकुमारी अधिकारी जिसी रहनुभएको छ । उहाँहरुले बुधबार दिउँसो आयोगमा पुगेर सनाखत गर्नुभएको थियो । नेता झलनाथ खनालले भने भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

त्यसै गरी, जसपा (लोकतान्त्रिक) का लागि सांसद महन्थ ठाकुर, राजेन्द्र महतो, शरद्सिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंहले सनाखत गर्नुभएको थियो ।