महन्थ ठाकुरको नेतृत्वमा ‘लोकतान्त्रिक समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

308
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

महन्थ ठाकुर नेतृत्वको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी आयोगमा दर्ता भएको छ । बुधबार आयोगले १४ जना सांसदको हस्ताक्षर सनाखत गरेपछि नयाँ दल दर्ताको प्रमाणपत्र दिएको हो ।

नयाँ दल बनाउन तत्कालिन जसपाको केन्द्रीय समितिको नभई संसदीय दलको २० प्रतिशत संख्या पुर्‍याई दल विभाजन गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि प्रतिनिधिसभाका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंहले सनाखत गरेका छन् ।