माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो बैधता

1.3k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी आधिकारिकता पाएको छ । बुधबार साँझ निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई आधिकारिकता दिएको हो। नेपालअध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको छ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए।

उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन्। दल दर्ताका लागि चाहिने २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ। यस्तै २९ जना संघीय संसदले पनि नेकपा एकीकृत समाजवादी रोजेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

मंगलबार मात्र दल एकीकृत समाजवादीमा आउन निवेदन दिएका चार जनाले भने सनाखत गर्न पाएनन् । उनीहरुको हकमा आयोगले उपयुक्त निर्णय गर्ने विश्वास दिइएको नेता पाण्डेले बताए । अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।