काइली सम्बन्ध टुटेकैबाट आमा बन्दै !


हलिउड स्टार एवं अर्बपति सेलिब्रेटी काइली जेनर दोस्रोपटक आमा बन्ने भएकी छिन् । हालै एक अन्तर्वार्तामा काइलीले आफू अर्को सन्तानको प्रतिक्षामा रहेको अभिव्यक्ति दिएपछि उनी दोस्रो सन्तानको आमा बन्न लागेको खबर सामाजिक सञ्जाल एवं मिडियामा समाचारको विषय बनेको छ ।

काइलीले सन् २०१८ मा पहिलो सन्तान स्ट्रोमी जेनर रहेकी छिन् । सन् २०१७ देखि डेट शुरू गरेका काइली र उनको र्‍यापर प्रेमी ट्रेविस स्कटको सम्बन्धबाट काइलीले २० वर्षको उमेरमै छोरीलाई जन्म दिएकी थिइन् । पहिलोपटक गर्भवती हुँदा गोप्य राखेकी काइलीले सन्तानको जन्मपश्चात् मात्र उनी आमा भएको खबर बाहिरिएको थियो । काइली र ट्रेविस सन् २०१९ मा छुटिए पनि केही समय अघि काइलीको २४ औं जन्मदिनको अवसरमा उनका प्रेमीले सामाजिक सञ्जालमा खास तरिकाले जन्मदिनको शुभकामना दिएका थिए । यही आधारमा सञ्चार माध्यमहरूले काइली र ट्रेविसको प्रेम सम्बन्ध फेरि शुरू भएको र काइली दोस्रो सन्तान जन्माउन लागेको समाचार लेखेका छन् ।