नितिनको गीतमा सुधीर र नग्माको रोमान्स


गायक नितिन गजुरेलको नयाँ गीत कसम हो कसम सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा मुनाल शिशिर कोइरालाको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको छ ।

नितिनलाई गीत गायनमा गायिका अनु चौधरीले साथ दिएकी छन् । माया प्रेमका भावना समेटिएको गीतको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र नग्मा श्रेष्ठले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियोमा आकर्षक रूपमा प्रेम कथा देखाउन खोजिएको छ ।

मुनाल शिशिर कोइरालाको निर्देशन रहेको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन तथा विष्णु खड्काको सम्पादन रहेको छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युबबाट सार्वजनिक भएको हो ।