अलि-अलि लजाउँदै ऋतु


नेपाली हिन्दू महिलाहरूको महत्वपूर्ण चाड हरितालिका तीजको अवसर पारेर गायिका ऋतु कँडेलले अलि—अलि लजाउँदै बोलको तीज गीत ल्याएकी छन् ।

ऋतुले आफ्नै स्वर, शब्द र लयमा आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् । गीतमा गोविन्द मधुर आचार्यले संगीत संयोेजना गरेका छन् । गीत माथि आकर्षक म्युजिक भिडियो पनि निर्माण गरिएको छ । गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले गरेकी छिन् । कोरियोग्राफी पनि उनकै रहेको छ। यसको म्युजिक भिडियोमा रुविना अधिकारीका साथमा कोरस कलाकारको नृत्य रहेको छ । छायांकन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन प्रकाश धमलाको रहेको छ ।

थुपै्र गीत गजल, आधुनिक र पप गीतमा समेत स्वर दिएकी गायिका ऋतुले हरेक वर्ष तीजलाई लक्षित गरी गीत तयार पार्दै आएकी छन्। यसपालिको आफ्नो तीज गीतले पनि अघिल्ला प्रस्तुतिले जस्तै दर्शक स्रोताको मन जित्ने अपेक्षा उनको छ।