‘अहिलेको शासन प्रणाली मुलुकले धान्दैन’


काठमाडौं, (नेस) ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने बताउनुभएको छ । विदेशीको उक्साहटबाट लादिएको प्रणालीभन्दा संवद्र्धनवादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानुपर्ने भन्दै उहाँले सनातन मूल्य मान्यता, गौरवशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने टिप्पणी गर्नुभयो ।

मंगलबार पार्टी कार्यलयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुनर्बिचार नगरी नहुने भन्दै मुलुकलाई स्वाधीन र समृद्धिको बाटोमा लैजाने नीति संवद्र्धनवाद भएको बताउनुभयो । राप्रपा निषेधको राजनीतिबाट नभई सबैलाई समेटेर उदारतापूर्वक मुलुकको निर्माणमा जुट्ने शक्ति भएको भन्दै उहाँले काँग्रेस कम्युनिस्टको विकल्प भनेकै राप्रपा भएको दाबी पनि गर्नुभयो ।

मुलुकको आवश्यताअनुसार राज्य व्यवस्था लागू गर्दा दिगो र टिकाउ हुनेमा कसैको स्वार्थ पूरा गर्न षड्यन्त्रपूर्वक लादिएको प्रणालीले मुलुक र जनताको हित नहुने अध्यक्ष थापाको भनाइ थियो ।

कार्यक्रममा पूर्व प्रहरी उपरीक्षक कुल बहादुर थापा, पूर्वनायब उपरीक्षक मानबहादुर कुँवरसहित हुम्लाबाट काठमाडौं आई अध्ययनरत विद्यार्थीहरूलाई राप्रपाको सदस्यता प्रदान गरी अध्यक्ष थापाले पार्टीमा स्वागत गर्नुभएको थियो ।