नेपाललाई अर्को ऐतिहासिक पदक


नेपाल समाचारपत्र, काठमाडौं  ।

छिरिङ वाङ्दीले दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वायज एन्ड गल्र्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूहमा पदक पक्का गरेका छन् । छिरिङले क्वार्टरफाइनल खेलमा कुवेतका मोहम्मदलाई पराजित गर्दै कांस्यपदक पक्का गरेका हुन् ।

उनले कजाकस्तानका अडाल्बेक नियाज्बासँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्दैछन् । यसै गरी नेपालका दुई जना महिला मुक्केबाजहरू स्वस्तिका तिरुवा र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समूहअन्तर्गत नेपाललाई कांस्यपदक पक्का गरिसकेका छन् । नेपालका ६ जना सहभागी मुक्केबाजहरूमध्ये हालसम्म ३ जनाले कांस्य पक्का गरी सकेका छन् ।