संगीतमा मनकी मञ्जरी


बलबहादुर राजवंशी र अस्मिता अधिकारीद्वारा संगीतबद्ध गीत मन किमञ्जरी सार्वजनिक भएको छ ।

बलबहादुर कै संगीत, उदयराज पौडेलको एरेन्ज र रमेश मास्केको शब्द रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। निकेश खड्काको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायांकन गरेको म्युजिक भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।

बलबहादुर द भ्वाइस अफ नेपाल सिजन दुईको उत्कृष्ट नौमा पर्न सफल भएका थिए भने अस्मिता नेपाल आइडल सिजन दुईको फाइनलिस्ट हुन् । बलबहादुरको यस अघि सार्वजनिक गीत जेल पनि सहुँलालाई स्रोता तथा दर्शकले अत्यधिक मन पराएका थिए । ‘मेरा अन्य गीत जस्तै यो गीतलाई पनि स्रोता/दर्शकले माया गरिदिनेमा आशावादी छु’, बलबहादुरको भनाइ छ ।